माथिल्लो तामाकोशीको एजिएम आज, चार सञ्चालकको लागि १२ भिड्दै

Jun 26, 2019 10:50 AM Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावरको बुधबार ११ बजेदेखि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ११ औँ वार्षिक साधारणसभा आह्वान गरिएको छ। जसमा चार जना सञ्चालक बन्न एक दर्जन उम्मेदवारले आवेदन गरेपछि कम्पनीको साधारणसभामा सञ्चालकका लागि रोचक भिडन्त हुने अवस्था आएको हो।

कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार माथिल्लो तामाकोशीको चार जना सञ्चालक बन्नको लागि १२ जनाले आवेदन दिएका हुन् । 

सर्वसाधारण शेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको कम्पनीले जनाएको छ । सञ्चालक पदको लागि ३ महिला सहित १३ जनाले नाम दर्ता गराए पनि एक जनाबारे उजुरी परेकाले १२ जनाको मात्र सूची प्रकाशन गरेको छ ।

उच्च आवेदन परेकाले साधारण शयरधनीबाट सर्वसम्मत सञ्चालक चयन हुने सम्भावना न्यून छ।  सर्वसम्पति सञ्चालक चयन हुन नसक्ने अवस्थामा कम्पनीको सञ्चालक समितिमा चयन हुने ४ जना नयाँ सदस्य निर्वाचन मार्फत चयन हुनेछन्। जसका लागि निर्वाचन कार्यक्रम राखिएको छ । 

८ लाख १८ हजार शेयरधनी रहेको यस कम्पनीमा सञ्चालक छनोट गर्न सबैले बराबर अधिकार पाउनेछन्। आफैँ उपस्थित हुन नसक्नेले पनि प्रोक्सी राखेर मतदानमा सहभागिता जनाउन सक्छन्।

यस्तै कम्पनीले आयोजना स्थानमा विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई आर्थिक वर्ष २०७४/०७५ मा उपलब्ध गराइएको आर्थिक सहयोगको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

आईपीओ जारी गरेपछि पहिलो तथा कम्पनीको उघारौं एजीएममा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा छन्। 

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।