पाकिस्तानी मुद्रामा ऐतिहासिक गिरावट, इमरान सरकार आएपछि १० महिनामै २९ प्रतिशतले घट्यो

Jun 27, 2019 01:35 PM agency



पाकिस्तानको अर्थव्यवस्था हरेक दिन संकटमा फस्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको रूपैयाँ बुधबार इन्टर बैंकिङ ट्रेडमा १६४ सम्म पुगेको छ । अर्कातर्फ खुला बजारमा पनि पाकिस्तानी रूपैयाँ १६० भन्दा बढी पुगेको छ ।

बुधबार पाकिस्तानी रूपैयाँ एक डलरको तुलनामा ७.२ रूपैयाँले कमजोर भयो । योसँगै पाकिस्तानी रूपैयाँ ऐतिहासिक रूपमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।पाकिस्तानको अर्थव्यवस्था पहिलेदेखि नै संकटबाट जेलिएको छ । यस्तो अवस्थामा रूपैयाँमा जारी गिरावटले झनै संकटको स्थिति बढेको बताइएको छ ।

पाकिस्तानमा यसै हप्ता सुनको मूल्यमा पनि भारी वृद्धि भयो । बुधबार पाकिस्तानमा १२ ग्राम सुनको मूल्य ८० हजार ५ सय पाकिस्तानी रूपैयाँमा कारोबार भएको थियो । पाकिस्तानको विदेशी मुद्रा भण्डार पनि ७ अर्ब ६० करोड डलरमा झरेर सबैभन्दा तल्लो स्तरमा पुग्यो ।

गत हप्ता स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) का गभर्नर डा. रजा बकीरले भनेका थिए, रूपैयाँमा भएको यस्तो गिरावट केही दिनका लागि मात्रै हो ।

पाकिस्तानमा ३ जूनदेखि रूपैयाँमा गिरावटको अवस्था आइरहेको छ र हालसम्म पाकिस्तानी रूपैयाँ ९ प्रतिशतले कमजोर भइसकेको छ ।

पाकिस्तानको चालु आर्थिक वर्ष ३० जूनमा समाप्त हुँदैछ । धेरै कम्पनीहरूले ३० जून अगाडि नै आफ्ना सबै अन्तर्राष्ट्रिय भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि उनीहरूलाई डलर आवश्यक पर्दछ । त्यसैले रूपैयाँमा गिरावटको अवस्था देखिएको रजा बकिरले बताए ।

इमरान खान प्रधानमन्त्री बनेपछि १० महिनाको अवधिमा पाकिस्तानी रूपैयाँमा २९ प्रतिशतले गिरावट आएको बताइएको छ । गत वर्ष १८ अगस्टमा पाकिस्तानी रूपैयाँ १२३.३५ थियो । जुन २६ मे २०१९ मा १६० भन्दा बढी भयो ।

पाकिस्तानको इतिहासमा यति छोटो समयमा यति धेरै गिरावट पहिलो पटक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ६ अर्ब डलरको ऋण सम्झौतालाई मध्यनजर गर्दै पाकिस्तानको ?पैयाँ अझै कमजोर हुने आशंका गरिएको छ । एजेन्सी




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।