एसइइ नतिजासँगै मोबाइल मेलामा एसइइका परिक्षार्थीलाई ५० प्रतिशत छुट

Jun 27, 2019 04:59 PM merolagani



राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा एसइइका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । एसइइको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर सुरु गरिएको हो ।

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबार मार्ग स्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसइइका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न सक्नेछन् ।

एसइइ परीक्षार्थीले नुबिया जेट मिनी १७, जेट १७ मिनी एस, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलमा ५० प्रतिशत छुट पाउने छन् । त्यसै गरी सामसुङ, हुवावे, भिभो, ओप्पो, अनर, एमआई, एप्पल, रियल मी, वानप्लस लगायत ब्राण्डका विभिन्न मोडलका मोबाइलमा पनि ५ देखि ४० प्रतिशतसम्म छुट पाइनेछ ।

परीक्षार्थीहरुले किस्ताबन्दीमा विभिन्न ब्राण्ड तथा मोडलका मोबाइल समेत खरिद गर्न सक्नेछन् । एसइइका परीक्षार्थीलाई लक्षितगर्दै मोबाइल मेलाको अवधि थप गरिएको छ । मेला असार मसान्तसम्म चल्नेछ ।

यसका साथै हरेक मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निशुल्क पाउनेछन् । साथै सिनेमा टिकट लगायतका अफरहरु राखिएको छ । ६ सय ५० रुपैंयामा किप्याड मोबाइल किन्दा पनि उल्लेखित अफरमा सहभागि हुन सकिन्छ ।

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्यप्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँमोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ ।

मोबाइलको खरिदमा हात खाली नजाने आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।