आँधीखोला लघुवित्तको ४ करोडको आईपीओ असार २२ गतेदेखि

Jun 28, 2019 09:29 AM Merolagani



आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २२ गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याउने भएको छ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कूल ४ लाख कित्ता शेयर निष्काशनमा ल्याउनेछ। जसमध्ये सर्वसाधारणमा ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको हो। लघुवित्तका कर्मचारीहरुका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएको छ। 

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम २ हजार कित्ता आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोशेयरबाट असार २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।

आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०:४० रहनेछ ।

वित्तीय संस्थाले स्याङजा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ गरी १० जिल्लामा १९ शाखा विस्तार गरिसकेको छ।

चालु आवको तेस्रो त्र्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३८ पैसा कायम छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।