सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस लाभांश पारित

Jun 28, 2019 05:51 PM Merolagani



सगरमाथा इन्स्योरेन्सले गत आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट प्रस्ताव गरेको ८६ प्रतिशत बोनस पारित गरेको छ। काठमाडौंमा सम्पन्न २२ औं वार्षिक साधारण सभाले  ४६ करोड २९ लाख ३१ हजार रूपैयाँको बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बोनस शेयरमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्नेछ ।

हाल कामय ५३ करोड ८२ लाख ९१ हजार ९ सय रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ८६ प्रतिशत बोनस पश्चात बीमा समितिको निर्देशन अनुरूप चुक्तापूँजी १ अर्ब १२ लाख रूपैयाँ पुग्नेछ ।

साधारण सभामा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बार्षिक प्रतिवेदन पेश गर्दै २०७४/७५ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.४४ प्रतिशतले व्यवसायमा बृद्धि गरेको जानकारी दिए। इनस्योरेन्सले १ अर्ब ८३ करोड ७९ लाख ४४ हजार रूपैयाँ प्रिमियम आर्जन गरी एनफआएसका अनुसार ३३ करोड २९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको उनको भनाई छ। अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २१. ७३ प्रतिशतले बृद्धि गर्न सफल भएको समेत जानकारी दिए।

चालु आर्थिक वर्षको असारको पहिलो सातासम्ममा कम्पनीले २ अर्ब भन्दा बढी प्रिमियम संकलन भएको जानकारी गराउदै चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब १५ करोड रूपैयाँभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीको विश्वास छ।

हालसम्म इन्स्योरेन्स कम्पनीले ५७ वटा शाखा तथा उपशाखा कार्यलयह?बाट बीमितह?लाई बीमा सेवा प्रदान गर्दै आएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।