स्वरोजगारले मर्जर पश्चात हकप्रद प्रस्ताव राखेर बोलायो विशेष साधारण सभा

Jul 01, 2019 02:47 PM Merolagani



स्वरोजगार लघुवित्तले मर्जर तथा एक्वीजिशन पश्चात चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव सहित साउन ११ गते शनिबार बिशेष साधारणसभा आब्हान गरेको छ ।

बिशेष साधारण सभामा कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा एक्वीजिशनमा जान, सहमतिपत्रमा हस्ताक्षर गर्न, सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने भएको छ।

यसैगरि कम्पनीले मर्जरपछि कायम हुने पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने बिशेष प्रस्ताव समेत लैजादैँ छ। त्यस्तै आफ्नो अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र सोहि अनुसार प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गर्दैछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २४ गतेदेखि बुकक्लोज गर्ने भएको छ। यसअनुसार असार २३ गतेसम्म लघुवित्तको शेयर खरीद गरी कायम रहने शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको  स्वरोजगारको चुक्ता पूँजी २६ करोड ९८ लाख र जागेडा कोषमा ८ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर अम्दानी २० रुपैयाँ ९४ पैसा छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।