नेपाल बंगलादेश बैंकको ऋणपत्र बाँडफाँड, १३९ जनाको आवेदन रद्ध

Jul 04, 2019 06:20 PM Merolagani



नेपाल बंगलादेश बैंकले बिक्री गरेको २ अर्ब रूपैयाँ बराबरका २० लाख युनिट ऋणपत्र बिहीबार बाँडफाँड भएको छ। बैंकको ऋणपत्रमा आवेदन गरेका सबै लगानी कर्ताले माग अनुसाकै ऋणपत्र हात पारेको बिक्री प्रबधक नबिल इन्भेष्टमेन्ट लिमिटेडले जनाएको छ।

सर्वसाधारण लगानीकर्तालाई ११ करोड ४७ लाख ७८ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट १ अर्ब ८८ करोड ५२ लाख २२ हजार रुपैयाँसहित सबै २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री बाँडफाँड गरिएको हो। 

बैंकले सर्वसाधारणमा निष्काशन गरेको ८ लाख कित्ता ऋणपत्रमा ८३४ आवेदकहरूबाट कूल १ लाख २६ हजार ९२८ कित्ता खरीदको लागि आवेदन परेको थियो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ८ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ८३४ जना आवेदकहरुबाट कूल १ लाख २६ हजार९२८ कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । 

सर्वसाधारण लगानीकर्ताबाट  १३९ जना आवेदकबाट परेको १२ हजार १५० कित्ता ऋणपत्र खरीदको आवेदन रद्द भएको छ भने रितपूवर्क आवदेन दिने ६९५ जनाले माग गरे बमोजिम नै १ लाख १४ हजार ७७८ कित्ता ऋणपत्र  बाँडफाँड गरिएको छ।

त्यस्तै बैंकले व्यक्तिगत तवरबाट सर्वसाधारणले नकिनेको ६ लाख ८५ हजार २२२ कित्ता समेत थप गरी २७ जना आवेदकहरूलाई १८ लाख ८५ हजार २२२ कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ ।

नेपाल बंलादेश बैंकले जेठ १० गतेदेखि १०.२५ प्रतिशत बइाजदरको एनबीबीएल डिबेञ्चर २०८५ बिक्री गरेको थियो । प्रतिकित्ता १ हजार अंकित दरको सोहि ऋणपत्र बैंकले असार १९ गते  बिहीबार बाँडफाँड गरेको हो ।

कूल निष्काशित २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता डिबेञ्चरले हुन आउने कूल १ अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट तथा ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड ऋणपूँजी रकम (५% अर्थात ४० हजार युनिट सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।