नागरिक लगानी कोषले मुद्धती निक्षेपमा ६ अर्ब रुपैयाँ लगानी गर्ने

Jul 05, 2019 12:09 PM Merolagani



नागरिक लगानी कोषले ६ अर्ब २५ करोड ६४ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले एक वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्धती निक्षेपमा राख्न लागेको हो।

कोषको निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन् ।

मुद्धती निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले असार २४ गतेसम्म आवेदन गर्न सक्ने कोषले जनाएको छ ।