नागरिक लगानी कोषले मुद्धती निक्षेपमा ६ अर्ब रुपैयाँ लगानी गर्ने

Jul 05, 2019 12:09 PM Merolagani



नागरिक लगानी कोषले ६ अर्ब २५ करोड ६४ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले एक वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्धती निक्षेपमा राख्न लागेको हो।

कोषको निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम, निक्षेपमा प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तान गर्ने अवधि समेत उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन् ।

मुद्धती निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले असार २४ गतेसम्म आवेदन गर्न सक्ने कोषले जनाएको छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।