आँधिखोला लघुवित्तको ४ करोडको आईपीओ निष्काशन, असार २५ गतेसम्म भर्न पाइने

Jul 07, 2019 08:44 AM Merolagani



आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २२ गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।

आँधिखोलाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कूल ४ लाख कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये सर्वसाधारणमा ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला गरेको हो। लघुवित्तका कर्मचारीहरुका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएको छ। 

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम २ हजार कित्ता आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोशेयरबाट असार २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले कमजोर आधार जनाउने 'इक्रा एनपि आईपीओ ग्रेड ४' रेटिङ्ग प्रदान गरेको छ ।

आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०:४० रहनेछ ।

वित्तीय संस्थाले स्याङजा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ गरी १० जिल्लामा १९ शाखा विस्तार गरिसकेको छ।

चालु आवको तेस्रो त्र्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३८ पैसा कायम छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।