कामना सेवा विकास बैंकको नगद लाभांश वितरण

Jul 07, 2019 09:29 AM Merolagani

कामना सेवा विकास बैंक (KSBBL) ले गत आवको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको नगद लाभांश वितरण गर्न थालेको छ।यस विकास बैंकले असार १९ गते बिहीबारदेखि सो लाभांश जम्मा गर्न थालेको हो। 

विकास बैंकको असार १४ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। ८ प्रतिशत नगद लाभांश वितरण थालिसकेको बैंकले बोनस शेयर भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा सूचीकरण पश्चात मात्र वितरण हुनेछ ।

कामना विकास बैंक र सेवा विकास बैंक २०७४ साउन २० गतेदेखि एकीकृत कारोबार थालनी गरेकाले आयकर ऐन २०५८ बमोजिम कर नलाग्ने शेयरधनीलाई सोही बमोजिम र कर लाग्ने शेयरधनीको कर कट्टा गरि लाभांश वितरण गरिने निजहरुकै बैंक खातामा जम्मा गरिएको बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

साथै हालसम्म कागजी शेयर धारण गरेका शेयरधनीलाई डिम्याट गरेपश्चात मात्र नगद लाभांश वितरण हुने तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीको हकमा बैंक खाता अद्यावधिक पश्चात क्रमश लाभांश वितरण गर्ने जनाइएको छ । यसैगरि शेयरकर्जा लिएका शेयरधनीले फुकुवापत्र पेश गरेपश्चात मात्र लाभांश वितरण हुने बताइएको छ

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।