एनसीसी बैंकले घोषणा गर्यो गत वर्षको १६% लाभांश, अघिल्लो वर्षको के भयो ?

Jul 07, 2019 10:55 AM Merolagani



एनसीसी बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको असार २२ गते ८:३० बजे सम्पन्न ७५२ औं बैठकले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको मुनाफाबाट प्रस्ताव गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निणर्य गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै आए पश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ। यसअनुसार बैंकले एक अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब नाघ्नेछ। आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासम्मको अपरिस्कृत एनएफआरएस प्रतिवेदन अनुसार बैंकले गत आवमा एक अर्ब ७ करोड २० लाख रुपैयाँ मुनाफा गरेको थियो। 

बैंकले २०७३/०७४ को खुद नाफाबाट लाभांश बाँड्न भने नपाउँने भएको छ ।  चार वटा बिकास बैंकसँग मर्जर भएको दुई बर्ष भित्र लाभांश वितरणको प्रस्ताब गरेको भए स्वापबाट बचेको रकमबाट समेत लाभांश बाँड्न पाउने थियो तर दुई आर्थिक बर्ष कटेकाले सो मौका एनसीसीले गुमाउनु परेको बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले बताए । 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।