मेरोशेयर नचल्दा लगानीकर्तालाई आईपीओ भर्न समस्या

Jul 07, 2019 11:27 AM Merolagani



केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को अनलाइन शेयर आवेदन गर्ने प्रणाली मेरो शेयरमा उत्पन्न समस्याका कारण लगानीकर्ताले अनलाईनबाट शेयरमा आवेदनमा कठीनाई उत्पन्न भएको छ।

प्रारम्भिक लगइन भएपनि सो पश्चात लगानीकर्ताले माई आश्वा तथा हाल निष्काशन भैरहेका कम्पनीको लिष्ट (करेन्ट इस्युज) मा प्रवेश गर्न सकेका छैनन्।

 

लामो समय लोडिङ्ग भैरहँदा केही समयमा नै मेरो शेयरको लगइन बन्द हुन्छ र लगानीकर्ताले फेरि लगइन गर्नुपर्छ। जसले लगइन भएपनि सहज आईपीओमा आवेदन गर्न समस्या भएको हो। 

आईपीओ भर्ने लगानीकर्ताको अत्याधिक चापका कारण मेरो शेयरमा समस्या उत्पन्न भएको हो।
हाल दुई लघुवित्तको प्राथमिक शेयर र एक लघुवित्तको हकप्रद शेयर बिक्रीमा रहेको छ। घोडीघोडा लघुवित्तले शुक्रबार आईपीओ निष्काशन गरेको हो भने आधिँखोला लघुवित्तले आइतबारबाट आईपीओ निष्काशन गरेको हो। त्यस्तै जनउत्थान लघुवित्तले शतप्रतिशत हकप्रद पनि निष्काशन भैरहेको छ।

उच्च ट्राफिक धान्ने वेवसाइट नहुँदा तीनवटा कम्पनीको निष्काशनमा नै समस्या देखिदा लगानीकर्ताले हैरानी खेप्नुपरेको छ। जसको क्षमता बढाउन नसके अझ धेरै कम्पनीहरुको निष्काशनमा थप समस्या उत्पन्न हुने निश्चित छ । जुन कुरामा सरोकारवाल निकायहरुले बेलैमा ध्यान जान जरुरी छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।