सहकारीलाई लघुवित्तको संस्थापक शेयर राख्न नपाउने व्यवस्थाले स्वावलम्बनको पौने चार लाख कित्ता शेयर लिलामीमा

Jul 09, 2019 11:39 AM Merolagani

नेपाल राष्ट्र बैंकले सहकारी संस्थाले लघुवित्तको संस्थापक शेयर होल्ड गर्न नपाउने व्यवस्था गरेपछि महिला सहकारी संस्थाले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको पौने चार लाख कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ। 

लघुवित्तको संस्थापक शेयरधनी महिला सहकारी संस्थाको स्वामित्वमा रहेको ३ लाख ७७ हजार ४५७ दशमलब ५ कित्ता संस्थापक समुहको शेयर असार ३१ गतेदेखि लिलामीमा बिक्री गर्न लागिएको हो।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा ६.०१ प्रतिशत शेयर हिस्सा होल्ड गरेको महिला सहकारी संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७४ नम्बर १०.१० मा रहेको व्यवस्था बमोजिम लिलाम बढाबढ मार्फत शेयर बिक्री गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७४ नम्बर १०.१० मा "लघुवित्त वित्तीय संस्थाको संस्थापक वा संस्थापक समूहको शेयरमा सहकारी संस्थाहरुबाट लगानी गर्ने सम्बन्धमा यस बैंकबाट इजाजतपत्र प्राप्त गरेका वा इजाजतपत्रको लागि नयाँ निवेदन पेश हुने संस्थाको संस्थापक वा संस्थापक समुहको शेयरमा प्रचलित कानुन बमोजिम संस्थापित सहकारी संस्थाहरुले संस्थागत रुपमा लगानी गर्न पाउने छैनन्" भन्ने व्यवस्था रहेको छ।

उक्त शेयरमा संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले न्यूनतम प्रतिशेयर ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित असार ३१ देखि बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

आवेदन गर्दा न्यूनतम एक सय कित्तादेखि लिलामीमा आएको अधिकतम कित्तासम्म आवेदन गर्न सकिने जनाइएको छ। मंगलबार लघुवित्तको साधारण शेयर प्रतिकित्ता ८८४ रुपैयाँ हाराहरीमा कारोबार भईरहेको छ।

बोलपत्र आवेदन फाराम एक सय रुपैयाँ तिरेर बिक्री प्रबन्धक सनराईज क्यापिटल, कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । शिलबन्दी बोलपत्र साउन २९ गते अपरान्ह ३ बजेसम्म बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरीमा पेश गर्न सकिने जनाइएको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।