प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ गते, कहिले गर्दैछ बुकक्लोज?

Jul 09, 2019 04:13 PM Merolagani



प्रभु इन्स्योरेन्सले साउन १७ गते कम्पनीको २३ औं वार्षिक साधारणसभा आब्हान गरेको छ। कम्पनीले साधारण सभाको लागि शेयरधनीहरुलाई प्रभु इन्स्योरेन्सको कार्यलय, प्रभु कम्प्लेक्स् तिनकुने काठमाण्डौमा बिहान ११ बजे बोलाएको छ।

कम्पनीले आव २०७४/०७५ का मुनाफाबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । साधारण सभामा कम्पनीले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने तथा पारिश्रमीक निर्धारण गर्ने जस्ता सामान्य प्रस्तावहरु लैजाने भएको छ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन ३ गतेदेखि साधारण सभासम्म शेयरधनीर्ता किताब बन्द गर्ने भएकाले साउन २ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।

प्रभु इन्स्योरेन्सले हकप्रद बिक्री गरेर बीमा समितिले तोकेको पूँँजी कायम गरिसकेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।