प्रभु इन्स्योरेन्सको साधारण सभा साउन १७ गते, कहिले गर्दैछ बुकक्लोज?

Jul 09, 2019 04:13 PM Merolagani



प्रभु इन्स्योरेन्सले साउन १७ गते कम्पनीको २३ औं वार्षिक साधारणसभा आब्हान गरेको छ। कम्पनीले साधारण सभाको लागि शेयरधनीहरुलाई प्रभु इन्स्योरेन्सको कार्यलय, प्रभु कम्प्लेक्स् तिनकुने काठमाण्डौमा बिहान ११ बजे बोलाएको छ।

कम्पनीले आव २०७४/०७५ का मुनाफाबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । साधारण सभामा कम्पनीले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने तथा पारिश्रमीक निर्धारण गर्ने जस्ता सामान्य प्रस्तावहरु लैजाने भएको छ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन ३ गतेदेखि साधारण सभासम्म शेयरधनीर्ता किताब बन्द गर्ने भएकाले साउन २ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।

प्रभु इन्स्योरेन्सले हकप्रद बिक्री गरेर बीमा समितिले तोकेको पूँँजी कायम गरिसकेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।