संस्थागत सुशासन र बित्तीय अबस्था कमजोर बन्दा राष्ट्र बैंकको सुक्ष्म निगरानीमा पर्नसक्ने संभावना भएका यी बैंकहरुको आधारभुत अबस्था हेरेपछि कस्ता साझेदार उपयुक्त होलान् भन्न सकिन्छ ।
सबैभन्दा पहिला यी दुई बैंकका आधारभुत अबस्थाको विश्लेषण गरौंः
स्रोतःतेस्रो त्रैमासको बित्तीय विवरण, बैंकका वेवसाईट र अनौपचारिक स्रोत
२०७५ को तेस्रो त्रैमासको बित्तीय विवरण अनुसार धेरै सूचकमा सेन्चुरी भन्दा सिभिल कमजोर देखिए पनि यी दुबै बैंकलाई संस्थागत सुशासन राम्रो भएको र जोखिम ब्यहोर्नसक्ने क्षमता भएका बैंकहरु नै साझेदारको रुपमा आबश्यक पर्ने देखिन्छ । कम स्वाप दिएर भए पनि बैंक सुधार्छु भन्ने बलिया प्रबद्र्धकहरु र संयन्त्र नभएको बैंकमा यी दुई बैंक मिसिएर काम छैन ।
सिभिलको निस्क्रिय कर्जा अनुपात चार प्रतिशत नाघ्ने अबस्थामा पुग्दा सेन्चुरीको पनि निस्क्रिय कर्जा बढेकोले यी दुबैमा जोखिमको मात्रा केही बढी नै छ भन्ने देखिन्छ । सिभिलले निक्षेप भन्दा कर्जा बढी परिचालन गरेको देखिदा उसले जोखिमबाट बच्ने उपायहरु अबलम्बन गरिहाल्नुपर्छ ।
लगानीयोग्य रकम धेरै भएको बैंकमा सेन्चुरी गाभिनुपर्छ भने पूँजी कोष अनुपात कम भएको बैंकमा सिभिललाई मिसाउँदा तत्कालीन लाभ हुनसक्छ ।
सेन्चुरी र सिभिल दुबै बैंकले महंगोमा निक्षेप उठाएकाले कोषको लागत धेरै छ भने स्प्रेड दर कम राख्दा खुद नाफामा असर परेको छ । कोषको लागत कम भएका बैंकहरुमा यी दुबै बैंकहरु मिल्दा परिणाम राम्रो ल्याउन सहयोग पुग्छ ।
विगतमा धेरै बिकास बैंक र फाईनान्सहरुलाई मर्ज र एक्विजिशन गरे पनि अबस्था सुधार हुनुको सट्टा विग्रदै गएकाले अब चाँही अर्को मर्जको दुख गर्न नपर्ने गरी यी दुबै बैंकलाई मर्ज गराउँनैपर्छ । यी दुबै बैंक एक आपसमा गाभिए पनि त्यसले निकाश दिनसक्ने अबस्था छैन किनभने संचालकहरुको गैरजिम्मेवारीले दुबैको अवस्था विग्रदै गएको छ । दुबै बैंकका अहिलेका संचालकहरुले पार लगाउँनसक्ने अबस्था देखिएन ।
समग्र अबस्था हेर्दा दुबै बैंकलाई बलिया र जोखिम ब्यहोर्न सक्ने बैंकहरुमा नगाभि सुखै छैन । सम्पति तथा दायित्वको सही मुल्यांकनपछि संचालक र कर्मचारीको किचलो नहुने अबस्थामा मात्र यी बैंकहरुलाई अरुले लिनसक्छन् । सस्तो स्वापमा गाभेर सुधार्छु भन्नेहरुका लागि दुबै बैंक अवसर हुन् । तर कसले हिम्मत गर्ला ?
स्पष्टिकरणः यी दुई मध्ये सिभिल बैंकमा लेखकको सामान्य हिस्सेदारी छ ।