हिमाल दोलखा हाईड्रोको ७६ लाख कित्ता आईपीओ बिक्री सुरु, कस्तो छ कम्पनी?

Jul 10, 2019 10:46 AM Merolagani



हिमाल दोलखा हाइड्रोपावरले ७६ करोड ७२ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) असार २५ गतेदेखि सर्बसाधारणका लागि बिक्री खुल्ला गरेको छ।

कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्न खोज्दा बिक्री नभएको १४ लाख ७२ हजार कित्ता शेयर समेत थप गरी ७६ लाख ७२ हजार कित्ता शेयर सर्बसाधारणमा प्रतिकित्ता १ सय रूपैया अंकित दरमा बिक्री खुल्ला गरेको हो ।

कुल निष्काशनमध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन पाउने ब्यवस्था रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमईले जनाएको छ ।

आइपीओ खरिदको लागि आवेदन दिन चाहाने लगानीकर्ताले सि आश्वामार्फत असार २९ गते सम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै शेयर खरिदको लागिआवेदननपरेमालगानीकर्ताले ढिलोमा साउन २४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपीओलाई केयर नेपालले औसत भन्दा तल आधार जनाउने ’केयर एनपिआईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

कम्पनीले यसअघि पहिलो चरणमा गत जेठ १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि १६ करोड रूपैयाँ बराबरको १६ लाख कित्ताआईपीओ बिक्री गरेको थियो जसमा १ करोड २७ लाख रूपैयाँ बराबरको १ लाख २७ हजार कित्ता शेयर मात्र बिक्री भएको थियो । सो शेयर कम्पनीले आयोजनाप्रभावितमा बाँडफाँड गरिसकेको छ ।
हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मलक्यास्केड गरि दुई वटा आयोजनानिर्माण गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मलक्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत७२ करोड ५१ लाख ४९ लाख रूपैयाँ रहेको छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावर को प्रति मेगावट लागत १७ करोड ८० लाख ८७ हजार र कुल लागत एक अर्ब ४२ करोड रूपैयाँ रहेको छ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्ने कम्पनीले जनाएको छ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ बर्ष र माई खोला स्मलक्यास्केड हाइड्रोपावरको विद्युतउत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

कम्पनीले चालु आर्थिक वर्षमा प्रतिशेयर ७ रूपैयाँ ५६ पैसा आम्दानी गर्ने र आव २०७६,७७मा सञ्चित नोक्सानी सकिएर ८ करोड ६३ लाख सञ्चित मुनाफामा पुग्ने प्रक्षेषण छ ।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ । आइपिओपछि कम्पनीको चुक्तापूँजीदुई अर्ब ४७ करोड पुग्नेछ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।