आँधीखोला लघुवित्तको आइपिओ भर्ने अन्तिम मौका, हालसम्म कति पर्यो आवेदन ?

Jul 10, 2019 10:49 AM Merolagani



आँधीखोला लघुवित्त वित्तीय संस्थाको ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक शेयर भर्ने आज अन्तिम दिन हो । तीन दिनमा अवधिमा लघुवित्तको आइपिओमा २ लाख ८५ हजार ८ सय आवेदनबाट ४९ करोड ३६ लाख ३५ हजार रूपैयाँ बराबरको आवेदन परेको एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

आँधीखोलाको प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरका कूल ४ लाख कित्ता शेयर निष्काशन भएको छ । जसमध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला भएको हो ।लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याइएको छ । 

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम २ हजार कित्ता आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओ असार २२ गते देखि खुल्ला भएको हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।