आँधीखोला लघुवित्तको आइपिओ भर्ने अन्तिम मौका, हालसम्म कति पर्यो आवेदन ?

Jul 10, 2019 10:49 AM Merolagani



आँधीखोला लघुवित्त वित्तीय संस्थाको ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक शेयर भर्ने आज अन्तिम दिन हो । तीन दिनमा अवधिमा लघुवित्तको आइपिओमा २ लाख ८५ हजार ८ सय आवेदनबाट ४९ करोड ३६ लाख ३५ हजार रूपैयाँ बराबरको आवेदन परेको एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

आँधीखोलाको प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरका कूल ४ लाख कित्ता शेयर निष्काशन भएको छ । जसमध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन खुला भएको हो ।लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याइएको छ । 

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम २ हजार कित्ता आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओ असार २२ गते देखि खुल्ला भएको हो ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।