आँधीखोला लघुवित्तको आईपीओमा १४.४ गुणा बढी आबेदन

Jul 10, 2019 06:38 PM merolagani



आँधीखोला लघुवित्त वित्तीय संस्थाको आईपीओमा १४.४ गुण बढी आबेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका एनआईबिएल एस क्यापिटलका अनुसार मंगलबार साँझ सम्ममा ५४ लाख कित्ता शेयर माग भएको हो ।

एनआईबिएल एस क्यापिटलको प्राराम्भिक तथ्यांक अनुसार ३ लाख भन्दा बढी आबेदनबाट ५४ करोड रूपैयाँ बराबरको ५४ लाख कित्ता शेयरको लागि आबेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरिएको ३ लाख ७५ हजार कित्ताको १४.४ गुणा बढी हो ।

लघुवित्तको आईपीओमा ३७ हजार ५०० जना आवेदकले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।
लघुवित्तले असार २२ गतेदेखि ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । जसमध्ये लघुवित्तका कर्मचारीहरूका लागि ५ हजार र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो ।

स्याङ्जाको भीरकोट–१ बयरघारीमा लघुबित्तको केन्द्रीय कार्यालय रहेको छ ।

आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० रहने छ ।

लघुवित्तले स्याङजा, कास्की, पाल्पा, रूपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ गरी १० जिल्लामा १९ शाखा विस्तार गरिसकेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।