रिडी हाइड्रोले बुटवलमा निमार्ण गर्ने सोलार आयोजनामा बिओके सहित तीन बैंकले लगानी गर्ने

Jul 10, 2019 09:34 PM Merolagani



रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले रुपन्देहीको बुटवलमा निमार्ण गर्ने ८.५ मेगावाटको नेपालकै सबभन्दा ठूलो वैकल्पिक सौर्य आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाईमा सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल बंगलादेश बैंकले लगानी गर्ने भएका छन्।

मंगलबार रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले तीनवटा बैंकसँग संयुक्त रुपमा ऋण लिनको लागि सह वित्तियकरण सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

बुटवलको तिलोत्तमा वडा नं. ७ मा निमार्ण गरिने ६५ करोड ४६ लाख लागत अनुमान गरिएको उक्त आयोजनामा ४९ करोड बैंक ऋण र १६ करोड ४६ लाख रुपैयाँ रिडी हाईड्रोपावरको एकल लगानी रहनेछ । कम्पनीले सोलार आयोजनाको निर्माण गर्न भारतको जि.ई.टि. एण्ड डि. इण्डिया लिमिटेडसँग सम्झौता भैसकेको छ।

कम्पनीले आयोजना निमार्ण गर्न २६ विगाहा जग्गा भाडामा लिएको छ। उक्त जग्गामा ३२ हजार सोलार प्यानलबाट जडान गरने र उत्पादित ८.५ मेगावाट विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुने कम्पनीले जनाएको छ।

सौर्य फर्मबाट वार्षिक उत्पादिन हुने एक करोड ४५ लाख १० हजार ५८४ किलोवाट घण्टा विद्युत उत्पादन हुने विद्युत ३३ केभी प्रसारण लाइन मार्पmत जोगिकुटी सबस्टेसनमा जोडिनेछ। आ.व.२०७६/७७ को साउनदेखि निर्माण सुरु गरिने उक्त आयोजना २०७६ चैैतभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।

प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा विद्युत खरिद बिक्री सम्झौता भएको उक्त आयोजनाबाट कम्पनीलाई वार्षिक १० करोड ५९ लाख आम्दानी हुने अनुमान गरिएको छ। बढेको आम्दानीबाट शेयरधनीलाई थप लाभांश वितरण गर्न सकिने कम्पनीले जनाएको छ।

रिडी हाइडो र नेपाल विद्युत प्राधिकरणबीच २०७४ वैशाख २५ गते ग्रिड कनेक्सन तथा २०७५ असोज ९ गते विद्युत खरिद बिक्री सम्झौता भएको थियो। आयोजना निमार्ण गर्नका लागि कम्पनीले गत जेठ १४ मा विद्युत विकास विभागवाट विद्युत उत्पादन अनुपतिपत्र समेत प्राप्त गरेको थियो।

सन् २००१ मा बैंक अफ काठमाण्डू र अरुण भ्याली हाईड्रो कम्पनीको सम्झौता अनुसार नेपालकै पहिलो निजी क्षेत्रको लगानीमा संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको हाईड्रोपावरको निर्माण गरिएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।