सानिमा लाईफको आईपीओ निष्काशन प्रकृया अघि बढ्यो, शेयर बिक्री प्रबन्धक चयन

Jul 11, 2019 11:23 AM Merolagani



सानिमा लाईफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रकृया अघि बढेको छ। इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक छनौट गरेको छ।

इन्स्योरेन्सको सर्वसाधारणको लागी छुटयाइएको शेयर निष्काशन गर्ने सम्बन्धी सम्झौता भएको हो। यसका लागि इन्स्योरेन्सले शेयर निकाष्शन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटललाई दिएको छ।

सम्झौतापत्रमा सानिमा लाइफको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र प्रभु क्यापीटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सानिमा लाइफले सर्वसाधारणको लागी जारी गर्ने ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन सम्बन्धि सम्पुर्ण कार्य प्रभु क्यापीटलले गर्नेछ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको आईपीओ निष्काशन पश्चात बीमा समितिले तोकेबमोजीम २ अर्ब रुपैयाँ पुग्नेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।