मौद्रिक नीति किन पछाडि धकेलियो ?

Jul 11, 2019 11:33 AM Merolagani



नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्षका लागि असार २७ गते ल्याउने भनिएको मौद्रिक नीति एकाएक पछाडि धकेलिएको छ ।

बिग मर्जरको बिषयलाई लिएर केही बैंकरले जबरजस्ति विवाद खडा गर्ने प्रयास गरेको बेला अर्थसचिव राजन खनाल अमेरिका उडेपछि मौद्रिक नीति असार भित्र नआउँने पक्का भएको छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले मेरोलगानी डटकमसँग कुरा गर्दै असार २७ गते ल्याउने भनिएको मौद्रिक नीति तयारी नपुगेकाले पछाडि धकेलिएको बताए । 

अर्थ सचिव राजन खनाल हाल विदेश भ्रमणमा रहेको र उनी राष्ट्र बैंक संचालक समिति बैठकमा उपस्थित नभई निर्णय हुन नसक्ने अवस्था समेत भएकाले असारमै मौद्रिक नीति ल्याउने गभर्नरको प्रयास तुहिएको हो । 

गभर्नर डा. चिरन्जिवी नेपालले बैंकका अध्यक्ष र प्रमुख कार्यकारीहरुलाई बोलाएर असार २७ गते मौद्रिक नीति आउँने र त्यो भन्दा अगाडि नै बिग मर्जरमा जान जोडी खोज्न निर्देशन दिएका थिए । गभर्नरले त्यो निर्देशन दिएर १० दिने विदेश भ्रमणमा गई फर्केर आईसकेका छन् तर अर्थसचिवको विदेश भ्रमणले मौद्रिक नीति निर्माण अबरुद्ध भएको छ ।

यसैबीच केही बैंकरले सरकारी उच्च तहमा पहुँच कायम गर्दै बिग मर्जरको नीति ल्याउने गभर्नरको प्रयासमा बाधा सिर्जना गर्ने खेल खेलेकाले समेत अन्योल बढेको छ ।

एकपछि अर्को अन्योल बढेपछि अब राष्ट्र बैंकले छिटोमा साउनको पहिलो साता मात्र मौद्रिक नीति ल्याउनसक्ने आँकलन गरिएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।