एनआईसी एशियाको डिम्याट खाता र मेरो शेयरको शुल्क खल्ती वालेटबाट तिर्न सकिने

Jul 11, 2019 06:04 PM Merolagani



एन आई सी एशिया क्यापिटल तथा एन आई सी एशिया बैंकमा हितग्राही खाता खोलेर कारोवार गदै आएका लगानीर्काहरूले अब आफनो हितग्राही खाता तथा मेरो शेयरको नवीकरण शुल्क खल्ती डिजिटल वालेट मार्फत तिर्न सक्ने भएका छन्।

बैंकले हितग्राही खातावालाहरूको सुविधालाई मध्यनजर राख्दै यस्तो सुविधा ल्याएको हो । साथै उक्त नविकरण शुल्क इ सेवा मार्फत समेत भुक्तानी गर्न सकिने छ ।

हाल एन आई सी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सेवाहरू प्रदान गर्दै आईरहेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।