खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभ्ने प्रक्रिया अघि बढ्यो, व्यापार कम्पनी खोलिने

Jul 15, 2019 12:33 PM merolagani



सरकारले आफ्नो स्वामित्वमा रहेका दुई कम्पनीलाई गाभेर नयाँ ब्यापार कम्पनी स्थापना गर्ने काम अघि बढाएको छ । नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ बनाईने भएको हो ।

चालु आर्थिक बर्षको बजेटमा उल्लेख भए अनुसार सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर नयाँ व्यापार कम्पनी स्थापना गर्न लागेको हो ।

पूर्ण रुपमा सरकारी स्वामीत्व रहने उक्त कम्पनीमा अहिले सञ्चालन भइरहेका भाटभटेनीमा जस्तै सामान बिक्री गरिने जनाइएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा नै खाद्यसंस्थान र ट्रेडिङलाई मिलाएर नयाँ कम्पनी स्थापना गरिने व्यवस्था गरेकोे थियो । सोहि अनुसार मन्त्रिपरिषद्को माघ १० गते र गत जेठ १४ गतेको बैठकले दुई कम्पनीलाई गाभेर नयाँ ब्यापार कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई कम्पनीलाई गाभेर नयाँ व्यापार कम्पनी‘ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ स्थापनाको लागि दर्ता प्रकृया अघि बढाएको बताइएको छ । दुई कम्पनी गाभिएर बन्ने ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ को नाम कम्पनी रजिष्ट्रारको कार्यलयबाट स्वीकृत भइसकेको छ ।

दुइ कम्पनी गाभिएर बन्ने नयाँ कम्पनीको अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी २० अर्ब र चुक्तापूँजी १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ हुनेछ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।