खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभ्ने प्रक्रिया अघि बढ्यो, व्यापार कम्पनी खोलिने

Jul 15, 2019 12:33 PM merolagani



सरकारले आफ्नो स्वामित्वमा रहेका दुई कम्पनीलाई गाभेर नयाँ ब्यापार कम्पनी स्थापना गर्ने काम अघि बढाएको छ । नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ बनाईने भएको हो ।

चालु आर्थिक बर्षको बजेटमा उल्लेख भए अनुसार सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर नयाँ व्यापार कम्पनी स्थापना गर्न लागेको हो ।

पूर्ण रुपमा सरकारी स्वामीत्व रहने उक्त कम्पनीमा अहिले सञ्चालन भइरहेका भाटभटेनीमा जस्तै सामान बिक्री गरिने जनाइएको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा नै खाद्यसंस्थान र ट्रेडिङलाई मिलाएर नयाँ कम्पनी स्थापना गरिने व्यवस्था गरेकोे थियो । सोहि अनुसार मन्त्रिपरिषद्को माघ १० गते र गत जेठ १४ गतेको बैठकले दुई कम्पनीलाई गाभेर नयाँ ब्यापार कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई कम्पनीलाई गाभेर नयाँ व्यापार कम्पनी‘ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ स्थापनाको लागि दर्ता प्रकृया अघि बढाएको बताइएको छ । दुई कम्पनी गाभिएर बन्ने ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ को नाम कम्पनी रजिष्ट्रारको कार्यलयबाट स्वीकृत भइसकेको छ ।

दुइ कम्पनी गाभिएर बन्ने नयाँ कम्पनीको अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी २० अर्ब र चुक्तापूँजी १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ हुनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।