जनक शर्मा पौड्यालले साउन ९ गतेदेखि सनराइज बैंकको सीइओ पद सम्हाल्ने

Jul 15, 2019 06:36 PM Merolagani

जनक शर्मा पौड्याले यहि साउन ९ गतेदेखि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पद सम्हाल्ने भएका छन्।

सनराइज बैंकको सञ्चालक समितिको असार २७ गते बसेको ३२० औं बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बैंकिङ्ग क्षेत्रमा ३२ वर्षभन्दा बढीको कार्यानुभव रहेका पौड्याललाई नियुक्त गरेको थियो।

सो बैठकले काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका बस्ने पौड्याललाई साउन ९ गतेदेखि हाजिर हुने गरी ४ वर्षका लागि नियुक्त गरेको थियो। 

पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड –हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट बैंकिङ्ग सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव संगालेका थिए।

त्यसैगरी एनआईसी बैंक (हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंकमा करिब २ वर्षको अनुभव भएको बटुलेका छन् । सो पश्चात अध्ययनको लागि बेलायत गएका उनले बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्यानुभव प्राप्त गरेका थिए ।

बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा रही ११ वर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए।

उनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको सञ्चालक÷अध्यक्ष समेत भई कार्य गरेको अनुभव उनीसँग रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।