शोधनान्तर घाटा ४ अर्बबाट ९० अर्ब नाघ्यो, प्रत्यक्ष बैदेशिक लगानीमा ठूलो ह्रास, विदेशी मुद्रा संचिति पनि घट्यो

Jul 19, 2019 03:47 PM Merolagani



- रविन पौडेल।
नेपाल कम्युनिष्ट पार्टीको सरकारले दुई तिहाई बहुमतसहित सरकार संचालन गरे यता देश भित्र आउने भन्दा बाहिरिने रकम बढि हुँदा शोधनान्तर घाटा धान्नै नसकिने गरी बढेको छ।

राष्ट्र बैंकले सार्बजानिक गरेको विवरण अनुसार गत आर्थिक बर्षको ११ महिनाको अवधिमा शोधनान्तर घाटा ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्षको सोहि अवधिमा शोधानान्तर घाटा ४ अर्ब ३४ करोड रुपैयाँ मात्र थियो।

निर्यात भन्दा आयात बढ्दै जादा पनि शोधानान्तर घाटा बढ्दै गएको हो ।

अर्थमन्त्री खतिवडा र गभर्नर नेपाल

त्यस्तै यस अवधिमा चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड रहेको थियो ।

गत आर्थिक बर्षको ११ महिनामा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड रुपैयाँ र प्रत्यक्ष बैदेशिक लगानी ११ अर्ब ८१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा पुँजीगत ट्रान्सफर १५ अर्ब २ करोड र प्रत्यक्ष बैदेशिक लगानी १५ अर्ब ८८ करोड रहेको थियो ।

राष्ट्र बैंक प्रतिबेदनको अंश 

 

त्यसैगरी विदेशी मुद्रा संचिति पनि अघिल्लो बर्षको ११ खर्ब २ बाट घटेर १० खर्ब ३० अर्बमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

यो सरकारलाई विदेशीले पनि नपत्याएको बुझिन्छ भने आन्तरिक स्रोत परिचालनमा असफल हुँदा आर्थिक अबस्था संकटतर्फ उन्मुख भएको प्रष्ट संकेतहरु देखिएका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।