नवीन ढुंगानाले सम्हाले आर्थिक पत्रकार संघको तीन नम्बर प्रदेशको कमाण्ड

Jul 19, 2019 05:22 PM Merolagani



नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ३ नम्बर प्रदेश कमिटी गठन गरिएको छ। आर्थिक पत्रकारहरुको संस्था नाफिजको शुक्रबार भएको प्रदेश स्तरीय भेलाले नवीन ढुंगानाको अध्यक्षतामा कमिटी गठन गरेको हो।

अध्यक्षमा निर्वाचित ढुंगाना अनलाईन खबर डटकममा कार्यरत आर्थिक पत्रकार हुन्। संघको उपाध्यक्षमा सेतोपाटी डटकमका सुधीर भण्डारी र मेरोलगानी डटकमका सुधा देवकोटा निर्वाचित भएकी छन्।

यसैगरी संघको सचिवमा मेरोलगानी डटकमका तीर्थराज पौड्याल, सहसचिवमा आर्थिक अभियान राष्ट्रिय दैनिकका युवराज बस्नेत र कर्पोरेट नेपाल डटकमका भूमिका तिमल्सिना तथा संघको कोषाध्यक्ष राजधानी दैनिककी पुजा चँदरा र सहकोषाध्यक्षमा विकासन्यूज डटकमका राजाराम न्यौपाने निर्वाचित भएका छन्।

संघको सदस्यहरुमा विजमाण्डू डटकमा खेमराज श्रेष्ठ (अमिर), बैंकिङ्ग खबर डटकमकी दीलु कार्की, बाह्रखरी डटकमका सुरञ्जन घिमिरे, विजपाटी डटकमका शिव धिताल, नेपाल समाचारपत्रका भोला देवकोटा, याहो टेलिभिजनका दीपेश घिमिरे, मेरोलगानी डटकमका अरुण पाख्रिन, अर्थडबलीकी सीता श्रेष्ठ र अर्थसंसार डटकमकी कमला भुसाल चयन भएका छन्।

भेलाले चार सदस्यीय सल्लाहकार समिति समेत गठन समेत गरेको छ। सल्लाहकारहरुमा भक्तराज रसाईली,, निकेश खत्री, चमन कोइराला र बलराम बुढाथोकी चयन भएका हुन्। सल्लाहकार समितिको संयोजक भने प्रदेश कमिटीको पहिलो बैठकले तोक्ने नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताए।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।