सबैको लघुवित्तको आईपीओ भर्ने आइतबार अन्तिम दिन, कतिले गरे आवेदन?

Jul 21, 2019 10:50 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको ५ लााख ३० हजार कित्ता आईपीओमा आवेदन गर्र्ने आइतबार अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेपछि आइतबारदेखि नै आईपीओ बन्द गर्न लागिएको हो।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुसार आइतबार बिहान साढे १० बजेसम्ममा कम्पनीको आईपीओमा २ लाख ६५ हजार ५८५ वटा आवेदन मार्फत ४९ करोड ३५ लाख ४९ हजार रुपैयाँ बराबरको ४९ लाख ३५ हजार ४९० कित्ता शेयर खरिदकोलागिआवेदन परेको छ।

सबैको लघुवित्तले एनआइबीएल एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ताआइपीओ निष्कासन गरेको थियो ।

कूल निष्काशनमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन्।

लघुवित्तको यस शेयरमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। मागभन्दा अत्याधिक धेरै आवेदन परिसकेकाले कम्पनीको आइपीओमा १० कित्ताको लागि नै आवेदनदिनु बुद्दिमानि हुन्छ ।

लघुवित्तको आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर मार्फत आवेदनदिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गर्ने आईपीओलाई इक्रा नेपालले 'इक्रा एनपी आईपीओ ग्रेड ४' रेटिङ दिएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा तल आधार रहेको बुझाउँछ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तमा संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ भने चुक्ता भैसकेकोे छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।