चौतारी लघुवित्तको खुद नाफा १७३ प्रतिशतले वृद्धि

Jul 21, 2019 01:12 PM Merolagani



चौतारी लघुवित्त वित्तिय संस्था (CHLBS) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथाे त्रैमासमा खुद नाफा १७३.५६ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक करोड ३ लाख १७ हजार खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको साेही अवधिमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी १२ करोड ६० लाखबाट १८ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषमा ४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ करोड ८२ लाख रुपैयाँले बढी हो ।

लघुवित्तले ४७ करोड ७२ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन तथा ८९ करोड ९९ लाख ८० हजार रुपैयाँ सापटी लिएर एक अर्ब ५६ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा लघुवित्तले ९ करोड ५५ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८५.८९ प्रतिशतले बढी हो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.४८ बाट बढेर ०.५१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ १७ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ३०.५८ गुणा बढी छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त  र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले गत जेठ २२ गते एक आपसमा गाभिने सम्झौता गरिसकेका छन्  । 

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।