चौतारी लघुवित्तको खुद नाफा १७३ प्रतिशतले वृद्धि

Jul 21, 2019 01:12 PM Merolagani



चौतारी लघुवित्त वित्तिय संस्था (CHLBS) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथाे त्रैमासमा खुद नाफा १७३.५६ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा एक करोड ३ लाख १७ हजार खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको साेही अवधिमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी १२ करोड ६० लाखबाट १८ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषमा ४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ करोड ८२ लाख रुपैयाँले बढी हो ।

लघुवित्तले ४७ करोड ७२ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन तथा ८९ करोड ९९ लाख ८० हजार रुपैयाँ सापटी लिएर एक अर्ब ५६ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा लघुवित्तले ९ करोड ५५ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८५.८९ प्रतिशतले बढी हो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.४८ बाट बढेर ०.५१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ १७ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ३०.५८ गुणा बढी छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त  र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले गत जेठ २२ गते एक आपसमा गाभिने सम्झौता गरिसकेका छन्  । 

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।