लुम्बिनी विकास बैंकको साधारण सभा आह्वान, लाभांश वितरण र मर्जर मुख्य एजेण्डा

Jul 23, 2019 12:34 PM Merolagani



लुम्बिनी विकास बैंक (LBBL) ले गत वर्षको कमाईबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गर्न साउन २८ गते एघारौं वार्षिक साधारण सभा आब्हान गरेको छ।

बैंकले अमृतभोग, कालिकास्थान काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो। साधारण सभामा बैंकले गत वर्षको कमाईबाट १७.०७ प्रतिशत अर्थात ३७ करोड ७१ लाख ९७ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाने भएको छ।

बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ५८ करोड रुपैयाँ पुर्याउने र सोही अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजादै छ।

त्यस्तै कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान, समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पति तथा दायित्वको मुल्याङ्कन गर्न मुल्याङ्कनकर्ता नियुक्ति गर्ने तथा अन्य मर्जर सम्बन्धि सम्पूर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

 

बैंकले बोनस शेयर वितरण तथा साधारणसभा प्रयोजनको लागि साउन २२ गतेदेखि शेयरधनीदर्ता किताब बन्द गर्ने भएकाले साउन २१ गतेसम्म कायम भएका लगानीकर्ताले मात्र बैंकले वितरण गर्ने बोनस शेयर पाउनेछन्।

हाल २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ नाघ्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।