एलआईसीको शेयरमूल्य समायोजन

Jul 25, 2019 11:07 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) को नेप्सेमा बिहीबार शेयरमूल्य समायोजन भएको छ। कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको ३४.४६ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले एलआईसीको ३४.४६ प्रतिशत बोनस पश्चात कम्पनीको प्रतिकित्ता एक हजार १८७ रुपैयाँ ७० पैसामा शेयरमूल्य समायोजन गरेको हो। बिहीबार यसै मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि साउन ९ गते बिहीबारदेखि शेयर दाखिला खारेजी गरेको हो। यसअनुसार कम्पनीको लाभांश साउन ८ गते बुधबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

एलआईसीले साउन २४ गते नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डपमा बिहान ९.३० बजे साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ३४.४६ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद लाभांश गरि कूल ७० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। बोनसपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार २ अर्ब कायम हुनेछ।

यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको नियुक्ति अनुमोदन, एक स्वतन्त्र, एक जना महिला सहित ६ सदस्यीय सञ्चालक समिति रहनेगरि नियमावलीमा संशोधन गर्ने कर्पोरेट कार्यालय स्थानान्तरण लगायतका अन्य प्रस्तावहरु छन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।