उन्नति लघुवित्तले सहकार्यसँग मिलायो हात

Jul 26, 2019 12:47 PM Merolagani



उन्नति लघुवित्त(UMB)ले सहकार्य लघुवित्तसँग मर्जरमा जाने समझदारी गरेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले सर्लाहीमा कार्यालय रहेको सहकार्यसँग आपसमा गाभ्ने गाभिने समझदारी गरेको हो। समझदारी पत्रमा उन्नतिका अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका छन् ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा शाखा विस्तार गरेको छ। सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ । उन्नतिले सर्बसाधारणमा आइृपीओ बिक्री गरिसकेको छ भने सहकार्यले आईपीओ बिक्री गरेको छैन।

१५ जिल्ला कार्य क्षेत्र रहेको उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार र १२ जिल्ला कार्य क्षेत्र रहेको सहकार्यको १ करोड ४० लाख रुपैयाँ छ। उन्नतिले शत प्रतिशत र सहकार्यले ३०० प्रतिशत हकप्रद बिक्री गर्ने तयारी गरेका छन् ।

दुई संस्थाले मर्जरपछि आगामी पुसभित्र उन्नतिको नाममा एकीकृत कारोबार गर्ने लक्ष्य लिईएको छ।

कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा उन्नतिकैले निरनतरता पाउने भएका छन्। शेयर स्वाप रेसियो भने सम्पति तथा दायित्वको मुंल्याकनपछि तय हुने समझदारी पत्रमा उल्लेख छ।

 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।