उन्नति लघुवित्तले सहकार्यसँग मिलायो हात

Jul 26, 2019 12:47 PM Merolagani



उन्नति लघुवित्त(UMB)ले सहकार्य लघुवित्तसँग मर्जरमा जाने समझदारी गरेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले सर्लाहीमा कार्यालय रहेको सहकार्यसँग आपसमा गाभ्ने गाभिने समझदारी गरेको हो। समझदारी पत्रमा उन्नतिका अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका छन् ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा शाखा विस्तार गरेको छ। सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ । उन्नतिले सर्बसाधारणमा आइृपीओ बिक्री गरिसकेको छ भने सहकार्यले आईपीओ बिक्री गरेको छैन।

१५ जिल्ला कार्य क्षेत्र रहेको उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार र १२ जिल्ला कार्य क्षेत्र रहेको सहकार्यको १ करोड ४० लाख रुपैयाँ छ। उन्नतिले शत प्रतिशत र सहकार्यले ३०० प्रतिशत हकप्रद बिक्री गर्ने तयारी गरेका छन् ।

दुई संस्थाले मर्जरपछि आगामी पुसभित्र उन्नतिको नाममा एकीकृत कारोबार गर्ने लक्ष्य लिईएको छ।

कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा उन्नतिकैले निरनतरता पाउने भएका छन्। शेयर स्वाप रेसियो भने सम्पति तथा दायित्वको मुंल्याकनपछि तय हुने समझदारी पत्रमा उल्लेख छ।

 




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।