उन्नति माक्रोफाइनान्सको शेयर कारोबार रोक्का

Jul 26, 2019 03:56 PM Merolagani



उन्नति माक्रोफाइनान्सको शेयर कारोबार साउन १० गते शुक्रबारदेखि रोक्का भएको छ। सहकार्य लघुवित्तसँग साउन ९ गते बिहीबार मर्जरमा जाने समझदारी गरेपश्चात शुक्रबारदेखि कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले सर्लाहीमा कार्यालय रहेको सहकार्यसँग आपसमा गाभ्ने गाभिने समझदारी गरेको हो । समझदारी पत्रमा उन्नतिका अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका छन्।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा शाखा विस्तार गरेको छ। सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ। उन्नतिले सर्बसाधारणमा आईपीओ बिक्री गरिसकेको छ भने सहकार्यले आईपीओ बिक्री गरेको छैन।

१५ जिल्ला कार्य क्षेत्र रहेको उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार र १२ जिल्ला कार्य क्षेत्र रहेको सहकार्यको १ करोड ४० लाख रुपैयाँ छ । उन्नतिले शत प्रतिशत र सहकार्यले ३०० प्रतिशत हकप्रद बिक्री गर्ने तयारी गरेका छन्।

दुई संस्थाले मर्जरपछि आगामी पुसभित्र उन्नतिको नाममा एकीकृत कारोबार गर्ने लक्ष्य लिईएको छ । कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा उन्नतिकैले निरनतरता पाउने भएका छन् । शेयर स्वाप रेसियो भने सम्पति तथा दायित्वको मुंल्याकनपछि तय हुने समझदारी पत्रमा उल्लेख छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।