ग्लोबल आइएमई बैंकको १५ लाख कित्ता ऋणपत्र सूचीकृत

Jul 28, 2019 06:27 PM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) ले बिक्री गरेको १५ लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्मा सूचीकृत भएको छ । 

बैंकले गत फागुन १४ देखि चैत १४ गतेसम्म १०.२५ प्रतिशत ब्याजदरको कूल एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो। सोहि ऋणपत्र साउन १२ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । 

कूल निष्काशन मध्ये ४० प्रतिशत अर्थात ६ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएकोमा ३ हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ७८ हजार ६६१ कित्ता सर्वसाधारण गरि कूल ३ लाख ८१ हजार ६६१ अर्थात ६३.६१ प्रतिशत ऋणपत्र मात्र बिक्री भएपछि बाँकी दुई लाख १८ हजार ३३९ ऋणपत्र बैंकले आफ्नै पहलमा ब्यक्तिगत तवरबाट संस्थागत अगानीकर्ताहरुलाई बिक्री गरेको थियो।

ऋणपत्र निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलरहेको बैंकको ऋणपत्र पाँच वर्षमा परीपक्क हुने छ ।

ग्लोबल आइएमई बैंकले पूँजी कोष वृद्धि गर्न, बैंकको प्रबन्धपत्रमा उललेख भएको उदेश्य प्राप्त गर्न तथा सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पूँजी जुटाउनका लागि ऋणपत्र जारी गरेको हो।

यसअघि बैंकले २०६९ असार ३१ गते ४० करोड बराबरको ऋण्पत्र जारी गरेको थियो । यसको अवधि २०७६ असार ३१ गते समाप्त हुँदैछ ।




मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो

Jan 06, 2026 02:20 PM

विश्व राजनीतिमा निकै विरलै देखिने दृश्य भेनेजुएलाको शेयर बजारमा देखिएको छ। ३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार 'काराकास स्टक एक्सचेन्ज' (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ।