ग्लोबल आइएमई बैंकको १५ लाख कित्ता ऋणपत्र सूचीकृत

Jul 28, 2019 06:27 PM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) ले बिक्री गरेको १५ लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्मा सूचीकृत भएको छ । 

बैंकले गत फागुन १४ देखि चैत १४ गतेसम्म १०.२५ प्रतिशत ब्याजदरको कूल एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो। सोहि ऋणपत्र साउन १२ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । 

कूल निष्काशन मध्ये ४० प्रतिशत अर्थात ६ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएकोमा ३ हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ७८ हजार ६६१ कित्ता सर्वसाधारण गरि कूल ३ लाख ८१ हजार ६६१ अर्थात ६३.६१ प्रतिशत ऋणपत्र मात्र बिक्री भएपछि बाँकी दुई लाख १८ हजार ३३९ ऋणपत्र बैंकले आफ्नै पहलमा ब्यक्तिगत तवरबाट संस्थागत अगानीकर्ताहरुलाई बिक्री गरेको थियो।

ऋणपत्र निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलरहेको बैंकको ऋणपत्र पाँच वर्षमा परीपक्क हुने छ ।

ग्लोबल आइएमई बैंकले पूँजी कोष वृद्धि गर्न, बैंकको प्रबन्धपत्रमा उललेख भएको उदेश्य प्राप्त गर्न तथा सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पूँजी जुटाउनका लागि ऋणपत्र जारी गरेको हो।

यसअघि बैंकले २०६९ असार ३१ गते ४० करोड बराबरको ऋण्पत्र जारी गरेको थियो । यसको अवधि २०७६ असार ३१ गते समाप्त हुँदैछ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।