अधिकांश बीमा कम्पनीहरुले यस कारण समयमै गर्न सकेनन् साधारणसभा

Jul 30, 2019 02:07 PM Merolagani



अधिकांश बीमा कम्पनीहरुले नयाँ आर्थिक वर्ष लाग्दा समेत अघिल्लो आर्थिक वर्षको साधारण सभा गर्न सकेका छैनन्।  बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने भएपछि अधिकांश बीमा कम्पनीहरुले समयमै साधारण सभा गर्न नसकेका हुन् । 

कतिपय कम्पनीमा संस्थागत सुशासनको अभाव समेत चर्को रुपमा देखा परेकोले लेखापरीक्षण सम्पन्न हुन सकेको छैन । 

कूल ३९ बीमा कम्पनीहरु मध्ये नेप्सेमा ७ जीवन बीमा र १६ निर्जीवन बीमा गरी २२ वटा बीमा कम्पनीहरु सूचिकृत छन् । जसमध्ये ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ कम्पनीहरुले मात्रै साधारण सभा सम्पन्न गरेका हुन् । 

सूचीकृत मध्ये १५ वटा बीमा कम्पनीहरुले अझै अघिल्लो बर्षको साधारणसभा गर्न सकेनन् भने गत बर्षको साधारणसभा झन् पछि धकेलिने भएको छ । यद्यपी एक जीवन बीमा र ४ निर्जीवन बीमा गरी ५ बीमा कम्पनीहरुले साधारण सभा बोलाई सकेका छन् तर १० बीमा कम्पनीहरुको साधारणसभा अनिश्चित बनेको छ । 

साधारणसभा आब्हान गर्ने र नगर्ने कम्पनीहरु 

जीवन बीमा तर्फ नेपाल लाइफ र सूर्या लाइफ गरी २ वटा जीवन बीमा कम्पनीहरुले मात्रै आर्थिक वर्ष २०७४/७५ को  साधारणसभा सम्पन्न गरेका छन् भने  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले साउन २४ गते साधारण सभा बोलाएको छ । यस्तै नेशनल लाइफले  आर्थिक वर्ष २०७३÷७४ को साधारण सभा २०७५ चैत १५ गते सम्पन्न गरेको थियो ।

यस्तै एशियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफले अहिले सम्म साधारण सभा बोलाउन सकेका छैनन् । 

यता नेप्सेमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीहरु मध्ये सगरमाथा, सिद्धार्थ, आईएमई जनरल, प्रिमियर गरी ४ कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् भने प्रभु, शिखर, लुम्बिनी जनरल, र प्रुडेन्सियल इन्स्योरेन्सले साधारण आह्वान गरेका छन् । 

एभरेष्ट इन्स्योरेन्स, हिमालन जनरल, युनाईटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने अहिले सम्म साधारण सभा बोलाउन सकेका छैनन्। 

यस्तै नेको, हिमालन जनरल, एभरेष्ट, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाईटेड इन्स्योरेन्स, एनएलजी इन्स्यारेन्सले अझै सम्म साधारण सभा बोलाउन सकेको छैन।

बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले विभिन्न कार्यक्रमहरुमा बीमा कम्पनीहरुमा एनएफआरएस प्रणाली लागु भएपछि समयमै साधारणसभा गर्न ढिलाई भएको बताए। 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।