सूचीकृत कम्पनीहरुको शेयरमूल्य घट्दा म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा असर

Jul 29, 2019 07:45 PM Merolagani



असारमा सूचीकृत कम्पनीहरुको शेयरमूल्य घट्दा म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा असर देखिएको छ। जसका कारण सोमबार असार महिनाको मासिक वित्तीय विवरण सार्वजनिक गरेका चारमध्ये तीनवटा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठको तुलनामा घटेको छ।

सोमबार वित्तीय विवरण सार्वजनिक गरेको सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीमको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तको तुलनामा ८ पैसाले बढेर ११ रुपैयाँ ३१ पैसा पुगेको छ ।सिद्धार्थ इक्वीटी फण्ड तथा लक्ष्मी क्यापिटलको लक्ष्मी भ्यालू फण्ड १ र लक्ष्मी इक्वीटी फण्ड सबैको घटेको छ।

जेठ मसान्तको तुलनामा लक्ष्मी इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० पैसा र सिद्धार्थ इकीटी फण्ड तथा लक्ष्मी भ्यालू फण्ड दुबैको ३ पैसाले घटेको हो।

जेठ मसान्तको तुलनामा लक्ष्मी इक्वीटी फण्ड र सिद्धार्थ इक्वीटी फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ भने सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीम र लक्ष्मी भ्यालु फण्ड १ को सूचीकृत शेयरमा लगानी घटेको छ ।

डिबेञ्चर तथा बण्डको लगानी हेर्दा लक्ष्मी भ्यालु फण्डले कुनै लगानी गरको छैन भने लक्ष्मी इक्वीटी फण्डको २ करोडमा स्थिर छ । यस अवधिमा सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीम र सिद्धार्थ इक्वीटी फण्ड दुबैले डिबेञ्चर तथा बण्डमा गरिएको लगानी घटाएका छन्।

सार्वजनिक निष्काशनहरु आईपिओ, एफपिओ र बोनसमा गरिएको लगानी हेर्दा लक्ष्मी इक्वीटी फण्ड र सिद्धार्थ इक्वीटी फण्ड ओरियण्टेड स्कीमको घटेको छ । सिद्धार्थ इक्वीटी फण्डको बढेको छ भने लक्ष्मी भ्यालु फण्ड १ को लगानी स्थिर रहेको छ।

यसैगरि जेठ मसान्तको तुलनामा असार मसान्तमा सिद्धार्थ इक्वीटी ओरियण्टेड स्कीमको कूल आय ७५ लाख बढेर ९ करोड ६८ लाख आम्दानी गरेको छ। लक्ष्मी भ्यालु फण्डको आम्दानी भन्दा खर्च बढी हुँदा कूल व्यय १४ लाख बढेर ६ करोड १२ लाख ऋणात्मक छ।

सिद्धार्थ इक्वीटी फण्डको कूल आय पनि जेठको तुलनामा ४६ लाख घटेर १५ करोड ९० लाख रहेको छ। लक्ष्मी इक्वीटी फण्डको आम्दानी भन्दा खर्च बढी हुँदा कूल व्यव १३ करोड २३ लाख रहेको छ। जेठ मसान्तमा लक्ष्मी इक्वीटी फण्डको व्यय १४ करोड ९५ लाख रहेको थियो।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।