जनउत्थान लघुवित्तको शतप्रतिशत हकप्रद भर्ने बुधबार अन्तिम दिन

Jul 31, 2019 11:15 AM merolagani

जनउत्थान सामुदायिक लघुवित्तले बिक्रीमा ल्याएको शतप्रतिशत हकप्रद भर्ने बुधबार अन्तिम दिन हाे । लघुवित्तले असार १२ गतेदेखि चुक्ता पूँजीको एक बराबर एक अनुपातमा २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

कम्पनीले असार २ गते हकप्रद शेयरको लागि बुकक्लोज गरेकाले असार १ गते आइतबारसम्म कायम रहने लघुवित्तका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

लघुवित्तले हकप्रद जारी गर्न बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ।

हकप्रदमा जनउत्थान सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय बुटवल तथा शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत तथा मेरो शेयरबाट समेत हकप्रदमा आवेदन दिन सकिन्छ।

लघुवित्तको २०७४ पुस ३० गते सम्पन्न सातौ वार्षिक साधारण सभाले चुक्ता पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र १० प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।