नेपाल इन्स्योरेन्सले लाभांश र मर्जर प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

Aug 02, 2019 10:10 AM Merolagani



नेपाल इन्स्योरेन्स अघिल्लो आव २०७४/०७५ को मुनाफाबाट घोषणा गरेको लाभांश तथा मर्ज तथा एक्वीजिशनलाई मुख्य एजेण्डा सहित आगामी भदौ ८ गते ७० औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले भदौ ८ गते बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा बोलाउने निर्णय गरेको हो।

साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने मुख्य एजेण्डा रहेको छ। यसैगरि सञ्चालक समितिले प्रस्ताव गरेको १ अर्ब १ करोड ९१ लाख रुपैयाँको ७.५ प्रतिशत बराबरको बोनस अनुमोदन गर्नेछ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले साउन २४ गतेदेखि शेयर दाखिला खारेजी गर्ने भएकाले साउन २३ गतेसम्म कम्पनकिो शेयर खरिद गरी कायम हुने लगानीकर्ताहरुले मात्र बोनस शेयर पाउनेछन् । कम्पनीले गत आवको बोनसमा कर प्रयोजका लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेपनि नियामक निकाय बीमा समितिले अस्वीकृत गरेपछि लगानीकर्ता आफैँले कर तिर्नुपर्ने भएको छ।

साथै सभाले कम्पनीमा सञ्चालक समितिको संख्या ७ कायम गर्ने, बाँकी कार्यकालका लागि नियुक्त गरिएको एक स्वतन्त्र र एक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको अनुमोदन गर्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।