ट्रम्पले चीनमा लगाएको शुल्कको असर विश्वव्यापी, चिनियाँ मुद्रा एक दशककै कमजोर

Aug 06, 2019 04:35 PM Agency

अमेरिका र चीनका बीच चलिरहेको युद्धको असर विश्वव्यापी चिन्ताको विषय बनेको छ । यो अब खतरनाक पनि हुदैँ गइरहेको विश्लेषकहरुले बताएका छन् । 

चीनले आफ्नो मुद्रा विगत एक दशकको तुलनामा सबैभन्दा कमजोर स्तरमा गिरावट गराउनका लागि अनुमति दिएको आरोप लगाइएको छ । चिनियाँ मुद्रा अमेरिकी डलरको तुलनामा सन् २००८ यताकै कमजोर बनेको हो । योसँगै विश्वका दुई ठूला अर्थतन्त्र भएका देशबीच तनाव बढ्दै गएको छ।

ट्रम्प प्रशासनले चिनीयाँ मुद्रामा फेरबदल गरेको आरोप लगाएको छ । चीनले आफ्ना कम्पनीहरुले अमेरिकी कृषि बस्तुहरुको खरिदमा रोक समेत लगाएको बताएको छ । गत शुक्रवार चिनियाँ अधिकारीले अमेरिकाले लगाएको अतिरिक्त शुल्क विरुद्ध लड्ने बताएसँगै सोमवारको बजारमा चिनियाँ मुद्रा कमजोर बनेको हो ।

सोमवारको बजारमा चिनियाँ युआनको भाउ दशकयताकै कमजोर बनेसँगै मुद्रा युद्धको आशंका बढेको छ । सोमवारको बजारमा चिनियाँ मुद्रा प्रतिडलर १.५ प्रतिशतले घटेर ७.०८३ युआन पुगेको थियो । १ दिनमा चिनियाँ मुद्रामा देखिएको यो ४ वर्षयताकै ठूलो गिरावट हो ।

चिनियाँ मुद्राको भाउ घटेसँगै त्यसको प्रभाव अन्य मुद्रामा पनि देखिएको छ । अमेरिकी डलरको तुलनामा दक्षिण कोरियाली वन पनि १.४ प्रतिशत घटेको थियो । यसैगरी स्वीस फ्रान्क र जापानी येन पनि डलरको तुलनामा कमजोर बनेका थिए ।

यो व्यापार युद्धले अमेरिका र चीन दुबैको अर्थव्यवस्थाका लागि जोखिमको स्थिति सिर्जना गरिरहेको बताइएको छ । यसको असर अमेरिकी शेयर बजारमा समेत देखिएको छ । सोमबार अमेरिकी स्टक मार्केट इन्डेक्स डोव २.९ प्रतिशतले घट्यो भने नेस्डेकमा ३.५ प्रतिशतको गिरावट देखिएको थियो ।

अमेरिका चीन व्यापार युद्धको असर विश्व सुन बजारमा समेत देखिएको छ ।

- एजेन्सीको सहयोगमा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।