पाँच कम्पनीको शेयर रजिष्ट्रार चयन, कसको कुन ?

Aug 07, 2019 11:33 AM merolagani



शेयरसम्बन्धि अभिलेख राख्नका लागि पाँच वटा कम्पनीले नयाँ शेयर रजिष्ट्रार चयन गरेका छन । कम्पनीले शेयरसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने, शेयर रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने जस्ता शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि नयाँ शेयर रजिष्ट्रार चयन गरेका हुन् । 

 

नयाँ शेयर रजिष्ट्रार चयन गर्नेमा सबैको लघुवित्त, आँधिखोला लघुवित्त,घाेडीघाेडा लघुवित्त, रसुवागढी हाइड्रोपावर र मुक्तिनाथ विकास बैंक रहेका छन् । 

आँधिखोला लघुवित्त र सबैको लघुवित्तले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार चयन गरेका छन् । 

आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार २२ देखि २५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ । त्यस्तै सबैको लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

त्यस्तै घोडिघोडा लघुवित्तले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको छ । घोडीघोडा लघुवित्तले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

हालसम्म घोडिघोडा लघुवित्त, आँधिखोला लघुवित्त र सबैको लघुवित्तको शेयर नेप्सेमा सूचीकरण भने भएको छैन ।

त्यसैगरी मंगलबारबाट मात्र दोस्रो बजारमा शेयर कारोबार खुलेको रसुवागढी हाइड्रोपावरले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रार चयन गरेको छ । हाइड्रोपावरले झण्डै साढे ३ महिना अघि ९३ लाख ३९ हजार ४६७ कित्ता आइपीओ बिक्री गरेको थियो जुन गत सोमबार नेप्सेमा सूचीकृत भइसकेको छ ।

यता मुक्तिनाथ विकास बैंकले पनि शेयर सम्बन्धि अभिलेख राख्न भिबोर क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार चयन गरेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।