साञ्जेन र रसुवागढीको शेयर खरिदमा बिहीबार देखियो फरक परिदृश्य

Aug 08, 2019 11:35 AM Merolagani



साउन २१ गते मंगलबारदेखि शेयर कारोबार खुलेर खुलेर दुई दिन नेगेटिभ सर्किट लागेको साञ्जेन र रसुवागढीमा साताको अन्तिम दिन फरक परिदृश्य देखा परेको छ ।

मंगलबार र बुधबार लगातार नेगेटिभ सर्किट लागेको दुई कम्पनीमा बिहीबार भने रसुवागढीको झण्डै दश प्रतिशतले घटेपनि साञ्जेनको भने ३.४० प्रतिशत मात्र घटेको छ। 

बिहीबार साञ्जेनमा अधिक खरिद चाप देखिएको छ भने रसुवागढीमा भने अझै बिक्री चाप नै बढी देखिन्छ। बिहीबारबाट दुबै कम्पनीको मार्केट डेप्थामा खरिदकर्ता देखिएका छन्। बुधबारसम्म दुबै कम्पनीका शेयर खरिदकर्ता नेप्सेको मार्केट डेप्थमा भेटाउन मुस्किल जस्तै थियो।

बिहीबार  कारोबार खुला भएको ३० मिनेट अवधिमा साञ्जेनमा करिब ३५ हजार कित्ताको खरिद अर्डर छ भने बिक्रीतर्फ एक हजार ९० कित्ता मात्र देखिन्छ।

 

यसैगरि रसुवागढीमा कारोबार खुला भएको ३० मिनेट अवधिमा साञ्जेनमा करिब १० हजार ३२० कित्ताको खरिद अर्डर छ भने बिक्रीतर्फ १२ हजार ५७० कित्ता छ। तीनदिन लगातार मूल्य घटेपछि कम्पनीको शेयर खरिदमा विस्तारै चाप देखिन थालेको हो।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।