सिर्जना फाइनान्सलाई २४ करोडको हकप्रद निष्काशन अनुमति

Aug 08, 2019 05:43 PM Merolagani

सिर्जना फाइनान्स (SFFIL) ले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। फाइनान्सले १० बराबर ६ अनुपातमा एक सय रुपैयाँ अंकित दरका २४ लाख ४ हजार ८० कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो । 

हकप्रद निष्काशनको लागि कम्पनीले २०७५ असोज २ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । आवेदन दिएको झण्डै ११ महिनापछि कम्पनीले हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । 

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ । फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री पश्चात ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

फाइनान्सको गत २०७५ जेठ १२ गते सम्पन्न संस्थाको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत आर्थिक बर्षको चौथो त्रैमासमा फाइनान्सले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३९ पैसा कायम गरेको छ।

साउन २३ गते धितोपत्रको दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता २५६ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।