नेपाल इन्स्योरेन्सको बोनस पश्चात शेयरमूल्य समायोजन

Aug 09, 2019 11:14 AM Merolagani



नेपाल इन्स्योरेन्स (NICL) को साउन २४ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत बर्षको कमायबाट प्रस्ताव गरेको साढे सात प्रतिशत बोनस पश्चात शुक्रबार शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले गत वर्षको कमाईबाट प्रस्ताव गरेको बोनस शेयर वितरण गर्न शुक्रबार बुकक्लोज गरेको थियो। बोनसको  बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्जले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तय गरेको हो।

नेप्सेले कम्पनीको ७.५% बोनसलाई शेयरमूल्य समायोजन गरी ३२१ रुपैयाँ ८६ पैसा कायम गरेको छ। नेपाल इन्स्योरेन्सको शेयर बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ३४६ रुपैयाँमा कारोबार बन्द भएको थियो।

कम्पनीले बोनस शेयर प्रयोजनको लागि साउन २४ गतेदेखि बुकक्लोज गरेकाले बिहीबारसम्म कायम भएका शेयरधनीले मात्र इन्स्योरेन्सको बोनस पाउनेछन् ।

कम्पनीले लाभांश वितरण गर्न भदौ ८ गते ७० औं वार्षिक साधारण सभा आब्हान गरेको छ। कम्पनीले गत आवको बोनसमा कर प्रयोजनका लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेपनि नियामक निकाय बीमा समितिले अस्वीकृत गरेपछि लगानीकर्ता आफैँले कर तिर्नुपर्ने भएको छ।

साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने मुख्य एजेण्डा रहेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।