पाकिस्तानद्धारा भारतसँगको व्यापार सम्झौता रद्द

Aug 09, 2019 02:56 PM Agency



पाकिस्तानले भारतसँगको द्धिपक्षीय व्यापारिक सम्बन्ध रद्द गर्ने निर्णय गरेको छ । भारतले जम्मु काश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गरेसँगै पाकिस्तानले उक्त निर्णय गरेको हो । 

पाकिस्तानले भारतसँगको व्यापार सम्झौता रद्द गरेसँगै दुई देशका बीचको व्यापार पूर्ण रुपमा नै ठप्प हुने भएको छ । पाकिस्तानको उक्त निर्णयबाट उसलाई नै बढी असर पर्ने बताइएको छ । पाकिस्तान भारतसँग कयौँ अत्यावश्यक बस्तुमा निर्भर रहेको छ । जबकि भारत पाकिस्तानको तुलनामा कम निर्भर रहेको बताइएको छ ।

पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध रद्द गर्नुका साथै पाकिस्तानका लागि भारतीय उच्च आयुक्तलाई पनि फिर्ता जान भनेको छ ।

भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु कश्मीरलाई दिँदै आएको विशेष दर्जा हटाउने निर्णय गरेको थियो । पाकिस्तानले भारतको यो कदमलाई अवैध र अन्तरर्राष्ट्रिय नियमको उल्लंघन रहेको बताउँदै आएको छ ।

दुई देशका बीच चलिरहेको यस्तो किसिमको तनावले भारत र पाकिस्तानबीच अर्काे युद्धको अवस्था निम्त्याउन सक्ने विश्लेषकहरुले बताएका छन् ।

यसैबीच बिहीवार पाकिस्तानले भारतसँग जोडिने रेलसेवा पनि बन्द गर्ने निर्णय गरेको छ । पाकिस्तानको लाहोरदेखि भारतको अटारीसम्म चल्ने सम्झौता एक्सप्रेस रेल बन्द गर्ने घोषणा गरेको छ । एजेन्सी




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।