पाकिस्तानद्धारा भारतसँगको व्यापार सम्झौता रद्द

Aug 09, 2019 02:56 PM Agency



पाकिस्तानले भारतसँगको द्धिपक्षीय व्यापारिक सम्बन्ध रद्द गर्ने निर्णय गरेको छ । भारतले जम्मु काश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गरेसँगै पाकिस्तानले उक्त निर्णय गरेको हो । 

पाकिस्तानले भारतसँगको व्यापार सम्झौता रद्द गरेसँगै दुई देशका बीचको व्यापार पूर्ण रुपमा नै ठप्प हुने भएको छ । पाकिस्तानको उक्त निर्णयबाट उसलाई नै बढी असर पर्ने बताइएको छ । पाकिस्तान भारतसँग कयौँ अत्यावश्यक बस्तुमा निर्भर रहेको छ । जबकि भारत पाकिस्तानको तुलनामा कम निर्भर रहेको बताइएको छ ।

पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध रद्द गर्नुका साथै पाकिस्तानका लागि भारतीय उच्च आयुक्तलाई पनि फिर्ता जान भनेको छ ।

भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु कश्मीरलाई दिँदै आएको विशेष दर्जा हटाउने निर्णय गरेको थियो । पाकिस्तानले भारतको यो कदमलाई अवैध र अन्तरर्राष्ट्रिय नियमको उल्लंघन रहेको बताउँदै आएको छ ।

दुई देशका बीच चलिरहेको यस्तो किसिमको तनावले भारत र पाकिस्तानबीच अर्काे युद्धको अवस्था निम्त्याउन सक्ने विश्लेषकहरुले बताएका छन् ।

यसैबीच बिहीवार पाकिस्तानले भारतसँग जोडिने रेलसेवा पनि बन्द गर्ने निर्णय गरेको छ । पाकिस्तानको लाहोरदेखि भारतको अटारीसम्म चल्ने सम्झौता एक्सप्रेस रेल बन्द गर्ने घोषणा गरेको छ । एजेन्सी




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।