मेरो माइक्रोफाइनान्सको सीईओ दाहाललाई थप चार वर्ष निरन्तरता

Aug 09, 2019 03:26 PM Merolagani

मेरो माइक्रोफाइनान्स (MERO) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाललाई थप ४ वर्षको लागि कार्यकाल थप गरिएको छ। माइक्रोफाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो।

साथै सोही बैठकले संस्थामा कार्यरत निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त समेत गरेको छ । 

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आवको असार मसान्तसम्म १६ करोड ७६ लाख २२ हजार खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा कायम गरेको छ । 

हाल मेरोमाइक्रोफाइनान्सको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५० जिल्लामा ९५ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।