एलआईसीको बोनस पारितसँगै पुग्यो बीमा समितिले तोकेको पूँजी, गत आवमा साढे १३ अर्ब बीमाशुल्क आर्जन

Aug 09, 2019 04:38 PM Merolagani

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रस्ताव गरेको बोनस पारितसँगै बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको छ। साउन २४ गते शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभाले ३४.४६ प्रतिशत बोनस सहित कूल ७० प्रतिशत लाभांश पारित गरेको हो।

साधारण सभाबाट कम्पनीको चुक्ता पूँजीको ३५.५३ प्रतिशत अर्थात ५३ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश र ३४.४६ प्रतिशत अर्थात ५१ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस शेयर गरी कूल एक अर्ब ४ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा पनि कम्पनीले प्रथम बीमाशुल्क आर्जनमा ४६.३६ प्रतिशतले वृद्धि भएर कूल बीमाशुल्क आर्जन १३ अर्ब ४१ करोड १७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ।

कम्पनीका अध्यक्ष एम.आर. कुमारले एलआईसी नेपालको १८ औं (आ.व. २०७५/०७६) वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने जानकारी दिए। 

त्यसैगरी शुक्रबार सम्पन्न साधारण सभाबाट कम्पनीले आफ्नो जारी, अधिकृत तथा चुक्ता पूँजी शिर्षकहरुमा रहेको एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी २ अर्ब एक करोड रुपैयाँ पुर्याउने र त्यसको लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले एक लाख ३३ हजार ३०९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क बापत २८८ करोड ८९ लाख रुपैयाँ संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीमा कूल चालु बीमालेखको संख्या ७ लाख ३४ हजार ६०८ वटा रहेको छ । यस अवधिमा इन्स्योरेन्सको कूल जीवन बीमा कोषमा ४२ अर्ब २३ करोड ३४ लाख रुपैयाँ संकलन गरेको कम्पनीको तथ्यांक छ । आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीको कूल जीवन बीमा कोषमा २५.८५ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ९.७० प्रतिशत, लगानीतर्फ २१.७६ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा ५५.६७ प्रतिशतको वृद्धिदर रहेको कम्पनीले जनाएको छ।

हाल १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ चुक्ता पूँजी रहेको एलआईसी नेपालको ३४.४६ प्रतिशत बोनस वितरण पश्चात बीमा समितिले तोकेभन्दा बढी २ अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।