पुनर्निर्माण प्राधिकरणले गर्यो खाता सक्रिय गरी अनुदान लिन आह्वान

Aug 11, 2019 07:26 PM RSS



राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरी खाता सक्रिय नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राख्न अनुरोध गरेको छ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा जम्मा गरिएको तर खाता सक्रिय नगरेका कारण धेरै लाभग्राहीको रकम निष्क्रिय भएपछि तोकिएको बैंकमा सम्पर्क राख्न आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

खाता सक्रिय गरी जम्मा गरिएको रकम निकालेर निजी आवास पुनर्निर्माण शुरु गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उनले बताए। “समयमै खाता सक्रिय नगर्ने लाभग्राहीको खाता निष्क्रिय पारिनेछ”, उनले भने ।

हालसम्मको तथ्याङ्कअनुसार पहिलो किस्ता लिएका सात लाख ६७ हजार ६०८ मध्ये ६ लाख दुई हजार ४४३ लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता समेत लिइसकेका छन्।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।