जुवा खालबाट नगदसहित पाँच पक्राउ

Aug 12, 2019 04:58 PM RSS



भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज तास खेलिरहेका ती व्यक्तिलाई पक्राउ गर्नाका साथै जुवाखालबाट ३० हजार ६४० बरामद गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

त्यसैगरी उक्त परिसर र महानगरीय प्रहरी जगाती वृत्तबाट खटिएका २० प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुन्डु नयाँबस्तीस्थित सार्वजनिक जग्गामा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको छ । प्रहरीले गाँजाका सबै बोट फँडानी गरी जलाएर नष्ट गरेको हो ।

प्रहरीले गुण्डु नयाँबस्तीमै ९५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई सोही स्थानमा नष्ट गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।