निर्जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क २४ अर्ब, मोटर बीमाको मात्रै ४४ प्रतिशत योगदान

Aug 12, 2019 05:54 PM Merolagani



गत आर्थिक वर्ष २०७५/७६ मा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब २० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन । निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट मात्रै कूल बीमा शुल्कको ४४.२० प्रतिशत अर्थात १० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्।

यस्तै अग्नि बीमाबाट ५ अर्ब १ करोड, विविधबाट २ अर्ब ६७ करोड, इन्जिनियरिङ बीमाबाट २ अर्ब २९ करोड, सामुद्रिक बीमाबाट १ अर्ब ३६ करोड, हवाई बीमाबाट १ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेका छन्  । सबै भन्दा थोरै कृषि बीमाबाट ९६ लाख ७२ हजार रुपैयाँ मात्रै बीमा शुल्क संकलन भएको बीमा समितिको तथ्यांक छ ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा  निर्जीवन बीमा कम्पनीहरूकाे  १४ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् भने ३ अर्ब ६९ करोड रुपैयाँ नगद तथा मौज्दात रहेको बीमा समितिको तथ्यांक छ ।

यस अवधिमा एक लाख ३ हजार ८६८ वीमा दाबी परेको छ भने ८२ हजार २८० दाबीवापत १३ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी भएकाे छ । यस्तै ३६ हजार ८१८ दाबी वापत १० अर्ब ९१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको समितिको तथ्यांक छ । गत आर्थिक वर्षको अन्त्य सम्ममा निर्जीवन बीमा तर्फ ८१ दाबीमा मुद्धा परेको थियो ।

यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल ९ अर्ब ३२ करोड रुपैयाँ पुर्नबीमा शुल्क वापत भुक्तानी गरेका छन् । यस्तै पुर्नबीमा कमिशन वापत २ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेका छन् ।

हाल सम्ममा बीमा समितिले निर्जीवन बीमातर्फ १८१ प्रकारका बीमालेखहरु प्रचलनमा ल्याएकाे छ । असार मसान्त सम्ममा २२ लाख ११ हजार २०३ बीमालेख कायम रहेको बीमा समितिले जनाएको छ । निर्जीवन बीमा तर्फ ३ हजार ८७० जना अभिकर्ता रहेको समितिको तथ्यांक छ । कुल ८६९ कार्यालयहरु रहेको निर्जीवन बीमा कम्पनीहरुमा ४ हजार ६८३ जना कार्यरत रहेका छन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।