सूर्या लाइफको हकप्रद भर्न मंगलबारसम्म शेयरधनी बन्नुपर्ने, भदौ ८ गतेदेखि खुल्दै

Aug 13, 2019 10:19 AM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले आगामी भदौ ८ गतेदेखि निष्काशन गर्न लागेको हकप्रदमा साउन २८ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। यसअनुसार हकप्रद पाउन मंगलबारसम्म शेयरधनी भैसकेको हुनुपर्छ।

इन्स्योरेन्सको साउन २७ गते धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४५२ रुपैयाँमा शेयर कारोबार भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्सले आगामी भदौ ८ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। साउन २० गते बसेको सञ्चालक समितिको बैंठकले हकप्रद प्रयोजनका लागि साउन २९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो। 

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा रहेको यस इन्स्योरेन्सले ८८ करोड ७४ लाखको हकपद बिक्री गर्न लागेको हो। कम्पनीले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ । हकप्रदमा क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। उपत्यका बाहिरका सूर्यालाइफका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ। आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म रहेको छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले सूर्या लाइफको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको ११ औं वार्षिक साधारणसभाले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। कम्पनीले यसअघि पनि ४० प्रतिशत हकप्रद बिक्री गरेको थियो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।