फेरि बढ्यो सुनको मूल्य, हजार रुपैयाँले बढेर नयाँ उचाइमा

Aug 13, 2019 11:03 AM Merolagani



केहि दिन स्थिर रहेको सुनको मूल्य मंगलबार फेरि बढेको छ। साउन २३ गते बिहीबारदेखि स्थिर रहेको सुनको मूल्य ४ दिनपछि मंगलबार फेरि तोलामा १ हजार रुपैयाँले बढेर हालसम्मकै नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी महासँघका अनुसार मंगलबार छापावला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा काराबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो। 

त्यसैगरी सुनको मूल्यय संगसंगै चाँदीको मूल्य पनि निरन्तर उकालो लाग्न थालेको छ । मंगलबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ।

गत बिहीबार देखि स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले बढेर ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो। सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध मुख्य हो। सुनको मूल्य बढ्दै जाँदा कारोबारमा भने कमी आएको व्यवसायी बताउँछन्। सुनको मूल्य बढेसँगै सुन खरिद गर्ने भन्दा बिक्री गर्नेहरुको सँख्या बढ्दै गएको व्यवसायीहरुको भनाई छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।